अग्‍नि सापकोटालाई सभामुख नबनाउन माग गर्दै सर्वाेच्चमा रिट « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अग्‍नि सापकोटालाई सभामुख नबनाउन माग गर्दै सर्वाेच्चमा रिट


१० माघ २०७६, शुक्रबार


काठमाडौं । सांसद अग्नि सापकोटालाई सभामुखमा निर्वाचित नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अग्नि सापकोटालाई सभामुख निर्वाचित नगर्न र पक्राउ गर्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

काभ्रेका अर्जुन लामा हत्या अभियोगमा सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।

सभामुख चयनका लागि माघ १२ गते प्रतिनिधिसभामा मतदान हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस