सिद्धबाबालाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा बदर, बाबा भारततर्फ फरार « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सिद्धबाबालाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा बदर, बाबा भारततर्फ फरार


९ माघ २०७६, बिहिबार


विराटनगर । सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा छाड्ने जिल्ला अदालत सुनसरीले गरेको आदेश उच्च अदालत विराटनगरले बदर गरिदिएको छ ।

बलात्कारको आरोपमा सिद्धबाबाविरुद्ध उनकै अनुयायीको किटानी जाहेरी दिएपछि मुद्दाको सुनुवाई गर्दै सुनसरी जिल्ला अदातलतले गत पुस १४ गते तीन लाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।

सम्बन्धित समाचार :  बलात्कार आरोपी ‘सिद्धबाबा’ सुरक्षा गार्ड सिमामै छोडी भारततर्फ फरार

बिहीबार उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायधीश प्रेमराज कार्कीको इजलासले गिरीलाई धरौटीमा छाड्ने आदेश बदर गरिदिएको हो ।

अनुयायी एक महिलालाई बलात्कार गरेको मुद्दा खेपिरहेका सुनसरीको बराहक्षेत्र चतरास्थित रामानन्दाचार्य सेवापीठका संरक्षक ‘सिद्धबाबा’ भनिने ४५ वर्षीय कृष्णबहादुर गिरी बिहीबार आश्रम छाडेर अदालत जानेभन्दै भारतर्फ फरार छन्।

Tags :
प्रतिक्रिया दिनुहोस