बलात्कार आरोपी ‘सिद्धबाबा’ सुरक्षा गार्ड सिमामै छोडी भारततर्फ फरार « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बलात्कार आरोपी ‘सिद्धबाबा’ सुरक्षा गार्ड सिमामै छोडी भारततर्फ फरार


९ माघ २०७६, बिहिबार


मोरङ । आफ्नै अनुयायी एक महिलालाई बलात्कार गरेको मुद्दा खेपिरहेका ‘सिद्धबाबा’ भनिने ४५ वर्षीय कृष्णबहादुर गिरी आश्रम छाडेर भारतर्फ फरार भएका छन् ।

उच्च अदालत विराटनगरमा उनी विरुद्धको जबर्जस्ती करणी मुद्दामा बिहीबार सुनुवाई चलिरहेको बेला फारततर्फ फरार भएका हुन्।

उच्च अदालतका मुख्य न्यायधीश तिलप्रसाद श्रेष्ठ र न्यायधीश हरिप्रसाद बगालेको इजलासमा उनको मुद्दाको सुनुवाई भइरहेको बेला उनीजि सुरक्षा गार्डलाई जोगबनी नाकाबाट फर्काएर भागेको प्रहरी स्रोतले जनाएको छ।

गिरी आफ्ना केही अनुयायीसहित ग १ च ८१५७ नम्बरको जीपमा भारतर्फ लागेका हुन्। सुनसरी जिल्ला अदालतबाट धरौटीमा छुटेपछि सुरक्षा माग गरेपछि उनको सुरक्षाका लागि प्रहरी हवल्दार मुकेश साहलाई खटाइएको थियो।

एकछिन जोगबनी पुगेर आउने भन्दै प्रहरी हवल्दार साहलाई नाकामा छाडेर गिरी भारततर्फ भागेका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस