राष्ट्रियसभा : कर्णालीमा नेकपाका आचार्य र बिसी विजयी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रियसभा : कर्णालीमा नेकपाका आचार्य र बिसी विजयी


प्रशासन संवाददाता

९ माघ २०७६, बिहिबार


सुर्खेत । राष्ट्रियसभा सदस्य पदका लागि आज भएको निर्वाचनमा कर्णाली प्रदेशबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपाका) उम्मेदवार मायाप्रसाद आचार्य र सुमित्रा बिसी विजयी भएका छन् ।

आचार्यले ३ हजार ६१८ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी डिल्लीराम पाठकले १ हजार २६ मत प्राप्त गरेको निर्वाचन अधिकृत डा.राजेन्द्रकुमार आचार्यले जानकारी दिए । त्यसैगरी बिसीले ३ हजार ६८४ मत प्राप्त गरेको छ भने उनका निकटतम प्रतिद्वन्द्वी गणेशकुमारी बस्नेतले १ हजार २६ मत प्राप्त गरेको उनले बताए ।

यो प्रदेशमा रिक्त दुई पदका लागि भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा कूल १९८ मतदातामध्ये १९५ अर्थात् ९८.४८ प्रतिशतले मतदान गरेका थिए । तीमध्ये एकजना प्रदेशसभा सदस्यको मत बदर भएको निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस