प्रदेश लोक सेवा आयोग अध्यक्ष र सदस्यद्वारा शपथ ग्रहण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रदेश लोक सेवा आयोग अध्यक्ष र सदस्यद्वारा शपथ ग्रहण


९ माघ २०७६, बिहिबार


विराटनगर । प्रदेश नं १ प्रदेश लोक सेवा आयोगका नव नियुक्त पदाधिकारीले आज यहाँ आयोजित एक समारोहबीच शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ ग्रहण कार्यक्रममा प्रदेश लोक सेवा आयोगका अध्यक्ष उत्तमकुमार भट्टराई, सदस्यहरु टीकादत्त राई र सजना दाहालले शपथ लिएका छन् ।

विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठले आयोगका अध्यक्ष भट्टराईलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । यसैगरी अध्यक्ष भट्टराईले सदस्य राई र दाहाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।

प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश लोक सेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७६ का दफा ३ को उपदफा (२) बमोजिम अध्यक्ष र सदस्यलाई आज नियुक्त गरेका हुन् । मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा सम्पन्न शपथ ग्रहण समारोहमा प्रदेशमन्त्री, राज्यमन्त्रीलगायत उच्च पदस्थ कर्मचारीको उपस्थिति रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस