भलिबल क्लब च्याम्पियनसिप : एपीएफ र न्यू डायमण्ड फाइनलमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भलिबल क्लब च्याम्पियनसिप : एपीएफ र न्यू डायमण्ड फाइनलमा


प्रशासन संवाददाता

९ माघ २०७६, बिहिबार


काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ क्लब र न्यू डायमण्ड क्लब पाँचौँ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला क्लब भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा आज भएको सेमिफाइनल खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई ३–० सेटले तथा न्यू डायमण्डले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–० सेटमै पराजित गरेको हो ।

एपीएफले पुलिस क्लबलाई २५–१५,२५–१६ र २५–२२ अङ्कले हराएको हो । यस्तै न्यू डायमण्डले आर्मी क्लबलाई २५–१५, २५–२२ र २५–१३ अङ्कले पराजित गरेको हो । महिला भलिबलको फाइनल खेल शुक्रबार हुने नेपाल भलिबल सङ्घका महासचिव जीतेन्द्रबहादुर चन्दले जानकारी दिए । महिला भलिबलतर्फ तेस्रो स्थानका लागि आर्मी र पुलिसबीच खेल हुनेछ ।

प्रतियोगिताको विजेताले रु २ लाख, उपविजेताले रु १ लाख, तेस्रो हुनेले रु ५० हजार, सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही रु २५ हजार, उत्कृष्ट लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले जनही रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस