४ हजार घुस लिएको अभियोगमा कार्यालय सहयोगी पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

४ हजार घुस लिएको अभियोगमा कार्यालय सहयोगी पक्राउ


९ माघ २०७६, बिहिबार


अख्तियार

राजविराज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयले जिल्ला प्रशासन कार्यालय सप्तरीमा कार्यरत कार्यालय सहयोगी केशवकुमार यादवलाई आज दिउँसो रु ४ हजार घुस लिएको आरोपमा पक्राउ गरेको छ ।

मुद्दा पेशीमा राखिदिन्छु भन्दै सेवाग्राहीसँग रु ४ हजार घुस रकम लिँदै गर्दा आयोगको टोलीले कार्यालय सहयोगी यादवलाई जिल्ला प्रशासन कार्यालयको मुद्दा फाँटबाटै पक्राउ गरेको आयोगको इटहरी कार्यालयका प्रवक्ता ज्ञानेन्द्रप्रसाद ढकालले जानकारी दिए ।

पक्राउ परेका यादवलाई आवश्यक अनुसन्धानका लागि अख्तियारको इटहरी कार्यालयमा लगिने पनि उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस