दुई चिनी मिलको खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

दुई चिनी मिलको खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार


९ माघ २०७६, बिहिबार


राष्ट्र बैंक

काठमाडौँ । सरकारले दुई चिनी मिलको खाता रोक्का गर्न राष्ट्रबैंकलाई पत्राचार गरेको छ ।

तोकेको समयमा उखु किसानलाई बक्यौता रकम नदिने अन्नपूर्ण र लुम्बिनी चिनी मिलका सञ्चालकको खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले किसानलाई भुक्तानी दिन अटेर गर्ने ती मिललाई भुक्तानी नगर्दासम्म दुवै मिलको सम्पूर्ण आर्थिक कारोबार रोक्का गर्न पत्राचार गरेको को ।

मन्त्रालयले दुवै मिलको राजस्व अनुसन्धान गर्न समेत राजस्व विभागलाई पत्राचार गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस