संस्कृति प्रदर्शनसँगै डोटीमा भ्रमण वर्ष २०२० को सुरुवात (फोटो फिचर) « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

संस्कृति प्रदर्शनसँगै डोटीमा भ्रमण वर्ष २०२० को सुरुवात (फोटो फिचर)


८ माघ २०७६, बुधबार


डोटी । भ्रमण वर्ष २०२० को लागि डोटीमा आज एक औपचारिक कार्यक्रमका बिच वर्षको सुरुवात गरिएको छ ।

दिपायल सिलगढी नगरपालिकाले जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको बृहत् सांस्कृतिक कार्यक्रममा नगरपालिका अन्तर्गतका सबै वडाहरूले विभिन्न सांस्कृतिक झलकहरू प्रदर्शनका साथै पर्यटन वर्षको सुरुवात गरेको हो ।

डोटीकै प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थलको रूपमा परिचित शैलेश्वरी मन्दिरको प्रागणमा आयोजना गरेको कार्यक्रममा पूर्व उपप्रधान मन्त्री भीम रावल, सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी लगायत प्रदेशसभाका सांसदहरू, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

९ वटा स्थानियतह रहेको डोटीमा भ्रमण वर्ष २०२० को अवसरमा औपचारिक कार्यक्रमको आयोजना गरी सुरुवात गर्ने यो पहिलो स्थानीय तह हो ।

प्रस्तुत गरिएका सांस्कृतिक झलकका फोटोहरू

 

Tags :
प्रतिक्रिया दिनुहोस