दैलेख । दैलेखको एक स्वास्थ्य चौकीमा कार्यरत एक कर्मचारी मृत फेला परेका छन्।
भैरवी गाउँपालिका–४ मा रहेको भैरीकालिकाथुम स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगी कर्णबहादुर थापा मृत फेला परेका हुन्।
सोमबार बिहान १० बजे स्वास्थ्य चौकीमा आएर कार्यालयको काम गरी फर्किएका थापा घरमै मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
प्रहरी अधिकारीका अनुसार ४२ वर्षीय थापाको गलबन्दीको पासो लगाएको अवस्थामा शव फेला परेको हो । थापाको शव पोस्टमार्टमका लागि दुल्लु नगरपालिकामा रहेको दुल्लु अस्पतालमा राखिएको जिप्रका दैलेखले जनाएको छ।