प्रधानमन्त्रीद्वारा प्रदेशसभा सदस्य र पूर्व नगर प्रमुखकोे निधनमा समवेदना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्रीद्वारा प्रदेशसभा सदस्य र पूर्व नगर प्रमुखकोे निधनमा समवेदना


६ माघ २०७६, सोमबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ५ का प्रदेशसभा सदस्य तथा नेपाली काँग्रेसका नेता बलदेव पोखरेलको निधन भएको खबरले आफूलाई अत्यन्त दुःख लागेको जनाएका छन् ।

प्रधानमन्त्री ओलीले आज शोक विज्ञप्ति जारी गरी उनी प्रति श्रद्धासुमन व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गरेका । फोक्सोको क्यानसरबाट पीडित पोखरेल प्रदेशसभामा ज्येष्ठ सदस्य तथा प्रमुख विपक्षी दलको नेता समेत थिए । प्रधानमन्त्री ओलीले रुपन्देहीमा नेपाली काँग्रेसको प्रतिबद्ध नेताको छवि बनाएका पोखरेलले समाज र राजनीतिमा पुर्‍याएको सकारात्मक योगदानको स्मरण पनि गरेका छन् ।

यसैगरी, प्रधानमन्त्री ओलीले तत्कालीन धरान नगरपालिकाका पूर्वप्रमुख ध्यानबहादुर राईको निधन भएकामा श्रद्धाञ्जलि व्यक्त गरेका छन् । न्याय, समानता, स्वतन्त्रता र समाजको परिवर्तनका लागि कम्युनिष्ट आन्दोलनमा समाहित हुँदै राजनीतिमा होमिएका राई २०४९ सालमा तत्कालीन नेकपा (एमाले)का तर्फबाट नगर प्रमुखमा निर्वाचित भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस