धनकुटा । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जिल्लामा सञ्चालित एनजीओ र आइएनजीओलाई घरभाडामा नदिन उर्दी जारी गरेको छ।
पार्टीले आइतबार एक विज्ञप्ति जारी गर्दै जिल्लामा सञ्चालनमा रहेका एनजिओ र आइएनजिओलाई घर भाडामा नदिन र भाडामा लिएका घर खाली गराउन उर्दी जारी गरेको हो ।
पार्टीद्वारा जारी गरिएको विज्ञप्तिमा यस्ता खालका संस्थाहरुले जनताको इच्छा विपरित काम गरी जनतालाई ढाँटछल गरी दुखी बनाई आफ्नो स्वार्थ पूरा गरिरहेको हुँदा उक्त संस्थालाई बद गर्ने पार्टीको अभियान रहेको उल्लेख गरिएको छ ।
‘एनजीओ र आइएनजीओले देश आर्थिक रुपमा शुन्य बनाउँदै लगेको छ, यस्ता संस्थाहरुलाई सामाजिक दलाल, पुँजीवादी सरकारले कारबाही गर्नुको साटो संरक्षण गर्दै खुलेआम जनतालाई लुट्न दिइरहेको छ, त्यसैले गर्दा राष्ट्रलाई आर्थिक संकटबाट बचाउन तपाइको पनि दायित्व हो, त्यस्ता दलाल पुँजीवादी संस्थाको कार्यालय हटाइदिनु हुन अनुरोध गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।