विमानस्थलमा ठोक्किए दुई जहाज « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विमानस्थलमा ठोक्किए दुई जहाज


६ माघ २०७६, सोमबार


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौँ । त्रिभुवन विमानस्थलमा दुई जहाज ठोक्किएका छन्। सोमबार बिहान जनकपुर जान लागेको बुद्ध एयरको जहाज रोकिराखेको यति एयरलायन्सको जहाजसँग ठोक्किएको हो ।

ठोकिएपछि दुबै जहाजमा सामान्य क्षति भएको छ । जहाज ठोक्किएपछि बुद्ध एयरको जनकपुर उडान रद्द गरिएको छ।

क्षति सामान्य भए पनि दुबै जहाजलाई नागरिक उड्ययन प्राधिकरणका अधिकारीहरूले जाँच गरेपछि उडान हुने बताइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस