२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘उजुरी पर्दैमा भ्रष्टाचार हुँदैन’

अ+ अ-

चिप्लेढुङ्गा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उजुरी पर्दैमा भ्रष्टाचार भयो भनेर बुझ्नु नहुने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज पोखरामा आयोजना गरेको सार्वजनिक वित्तीय व्यवस्थापनसम्बन्धी अन्तक्रियामा उनले उजुरीलाई आधार मानेर धारणा बनाउन गलत हुने बताए ।

मन्त्री गुरुङले भने, ‘स्थानीय तहमा व्यापक भ्रष्टाचार भयो भनेर समाचार आइरहेका छन्, सतही विषयमा भन्दा गहिरो तरिकाले रिपोर्टिङ गर्दा जनमानसमा पत्रकारप्रति विश्वास बढ्छ, सुशासनका लागि हजुरको भूमिका महत्पूर्ण हुन्छ ।’ उनले भ्रष्टचार के कारण भएको हो त्यसका कारणको खोजीतर्फ ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा महालेखा नियन्त्रक गोपीनाथ मैनालीले जनताको पसिनाको रकम जनताकै आँशु पुछ्नका लागि भएकाले यसको पारदर्शिता हुनुपर्ने विषयमा जोड दिए । विधिको शासनभित्र रहेर कति काम भए त्यसतर्फ पत्रकारले ध्यान दिनुपर्ने उनको भनाइ थियो । प्रदेश लेखा नियन्त्रक इन्द्रप्रसाद पौडेलले समयमै कार्ययोजना छनोट गर्ने संस्कार नहुँदा र अन्तिममा काम गर्दा नतिजामुखी हुन नसकेको धारणा राखे ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले सुशासन, जवाफदेहीता र पारदर्शीताबाट मात्र आर्थिक समृद्धि हासिल हुने भएकाले सार्वजनिक वित्तीय व्यवस्थापनमा सुदृढ हुनुपर्ने बताए ।

सेजनका अध्यक्ष भीमप्रसाद गौतमले मुलुकको समृद्धिका लागि आर्थिक मुद्दा पहिलो प्राथमिकता भएकाले सञ्चार जगतले सार्वजनिक वित्तीय व्यवस्थापनको विभिन्न प्रक्रियाका बारेमा बुझ्न आवश्यक रहेको औँल्याए । कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत ३० जना पत्रकारको सहभागिता रहेको सेजनका महासचिव सुजन ओलीले जानकारी दिए ।रासस

प्रतिक्रिया दिनुहोस