२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकीकरण मार्ग पर्यटनका निम्ति महत्वपूर्ण : उपप्रधानमन्त्री पोखरेल

अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले अवधारणाका रूपमा नेपाली सेनाले अघि सारेको ‘एकीकरण मार्ग कार्यक्रम’ ले मुलुकको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।

नेपाली सेनाले मुख्यालयमा आयोजना गरेको एकीकरण मार्गसम्बन्धी तीन दिवसीय ‘एकीकरण मार्ग कार्यक्रम बृहत् सेमिनार’ को समापन समारोहमा आज मन्त्री पोखरेलले नेपाल राष्ट्र एकीकरणको सिलसिलामा प्रयोग भएको ऐतिहासिक सम्पदा र धरोहरलाई समेटेर निर्माण गरिने एकीकरण मार्गले सिङ्गो मुलुक र जनतालाई राष्ट्रिय एकताको भावना जगाउन अभिप्रेरित गर्ने बताए ।

उपप्रधानमन्त्री पोखरेलले सरकारको नीति तथा कार्यक्रममा समाविष्ट एकीकरण मार्गको प्रभावकारी प्रवद्र्धन गर्दै मुलुकको आर्थिक समृद्धिसँग जोड्ने गरी आगामी कार्यक्रम अघि बढाइने उल्लेख गरे ।

‘एकीकरण मार्ग प्रशस्त अवसर र दृढ आकांक्षासहितको सम्बोधन गर्न सकिने विषय समाहित एक बहुआयामिक कार्यक्रम हो । राष्ट्रिय सम्पदा संरक्षण र प्रवर्द्धनमा एकजुट भई राष्ट्रिय एकताको भावना जागृत गराउने यो कार्यक्रम विभाजन र विखण्डन गर्न खोज्ने तत्वलाई परास्त पार्ने एउटा दरिलो माध्यम पनि हुनसक्छ’, उनले भने । एकीकरण मार्ग कार्यक्रमलाई दीर्घकालीन सोच राखेर विकास गर्न सकिएमा बृहत्तर राष्ट्रिय हितमा योगदान पुग्ने उनको भनाइ थियो ।

नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहले शुरु गरेको एकीकरण अभियानमा योद्धाहरुले हिँडेको बाटो, बनाएका दरबार, किल्ला तथा गढीलाई एकआपसमा जोडेर राष्ट्रिय एकताको भावना जागृत गर्ने उद्देश्यले नेपाली सेनाले एकीकरण मार्ग बनाउन लागेको हो ।

‘नेपाल भ्रमण वर्ष २०२०’ अभियानलाई लक्षित गरेर नेपाली सेनाले एकीकरण मार्ग निर्माण गर्न लागेको छ । उपप्रधानमन्त्री पोखरेलले नेपाली सेनाले आफ्नो जिम्मेवारीसँगै विकास निर्माण, प्राकृतिक प्रकोपको विपत्तिका बेला उद्धार र सहयोग तथा शान्ति प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै एकीकरण मार्गको माध्यमबाट ऐतिहासिक तथा धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

उपप्रधानमन्त्री पोखरेलले सेमीनारले एकीकरण मार्गको उपादेयता थप प्रष्ट पार्नुका साथै भविष्यका लागि स्पष्ट कार्यदिशा निर्धारण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा एकीकरण मार्गका संयोजक उपरथी सुवर्णबहादुर शाहले राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्ने उपयुक्त माध्यम एकीकरण मार्ग कार्यक्रम भएको र यो ऐतिहासिक पर्यटन प्रवर्द्धनमा कोसेढुङ्गा सावित हुने बताए । कमलामाई नगरपालिका सिन्धुलीका प्रमुख खड्गबहादुर खत्रीले भावनात्मक एकता अभिवृद्धिका साथै पर्यटन प्रवर्द्धनमा एकीकरण मार्गको महत्वपूर्ण भूमिका हुने धारणा राखे ।

महासेनानी कृष्णप्रसाद भण्डारीले बृहत् सेमिनारले एकीकरण मार्गको आगामी कार्यक्रमलाई दिशाबोध गर्न फलदायी भएको बताए । एकीकरणको दौरानमा प्रयोग गरिएका बाटो तथा लडाइँ लडेका गढी एवं किल्ला सबैलाई समेटी उक्त स्थानको व्यवस्थित ढङ्गबाट सम्वर्द्धन र जर्गेना गर्ने लक्ष्य रहेको छ । संघीय सरकार तथा स्थानीय तहको सहयोग र समन्वयमा नेपाली सेनाले एकीकरण मार्गको अवधारणा अघि बढाएको हो ।

आधुनिक नेपालको एकीकरण अभियानसँग सम्बन्धित ऐतिहासिक सम्पदा र स्थललाई समेटेर ‘एकीकरण मार्ग’ निर्माण गरिने भएको छ । पुर्खाको गौरवपूर्ण इतिहासको महत्व दर्शाउने र सोमार्फत राष्ट्रिय एकताको भावना जागृत गर्ने एवं सर्वसाधारणलाई सम्मिलित गराई विविध गतिविधि सञ्चालन गर्ने उद्देश्यले पदमार्ग निर्माणको अवधारणा ल्याइएको सेनाले जनाएको छ । एकीकरण मार्गको आगामी फागुन अन्तिम साता काभ्रे जिल्लाबाट शुभारम्भ गरिनेछ । क्रमशः सातै प्रदेशका जिल्लामा एकीकरण मार्ग सञ्चालन गरिनेछ ।