२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संस्थाको जागिर छोडेर कृषि पेसामा

अ+ अ-

डोटी । जो कोही मानिसहरू पढाई लेखाई पुरा गरिसकेपछि सानो तिनो भए पनि जागिर खानुपर्छ भन्ने आस गर्छन् । सके सरकारी नसके संघ संस्थामा भए पनि खानुपर्छ भन्ने मानसिकता राख्दछन् । खोजे अनुसारको जागिर नपाउँदा प्राय धेरै युवाहरू छिमेकी मुलुक भारत लगायत खाडी मुलुकतिर कर्मभूमि बनाउन विवश हुन्छन् । हाम्रो देशमा पनि थुप्रै सम्भावनाहरू छन् आफ्नै देशमा बसेर केही गरेर खानुपर्छ भन्ने सोचाई कमै युवाहरूमा पाइने गरिन्छ ।

तर डोटी जिल्ला सदरमुकाम सिलगढीमा भने कृषि प्राविधिक शिक्षा पढेर गैरसरकारी संस्थामा काम गरिरहेका एक युवाले जागिर छोडेर कृषि  पेसा अपनाएका छन् । दिपायल सिलगढी नगरपालिका वडा नं.५ जिरो प्वान्ट घर भएका ३६ वर्षीय युवा जय बहादुर शाही संस्थाको जागिर छोडेर कृषि पेसामा लागेका छन् ।

२०६२ सालदेखि संस्थाको जागिर सुरु गरेका शाहीले गाउँ बस्तीमा रहेका हजारौँ कृषकहरूलाई कृषि प्रविधिको बारेमा सिकाउन गर्दर्थे । गत श्रावण महिनादेखि हरियाली तरकारी तथा पशुपक्षी फर्म दर्ता गरेर आफैले कृषि पेसा सुरु गरेका छन् ।

१० लाखको लगानीमा सिलगढीको गोरधारा भन्ने ठाउँमा करिब ७ रोपनी जमिन भाडामा लिई तरकारी खेती, माछा पालन, कुखुरा पालन र बंगुरपालन कार्य सुरु गरेका छन् ।

युवा व्यवसायी शाहीले १० वटा पोलिहाउस निमार्ण गरी टमाटर, मटर खेती, हरियो तरकारी खेती गर्नुका साथै बङ्गुर पालन, माछा पालन, स्थानीय जातको लोकल कुखुरा, बट्टै पालन गरेका छन् ।

शाहीले ६ महिनाको अवधिमा हरियो सागपात र मुला, तरकारीका बेर्ना, स्थानीय जातका लोकल कुखुराका अण्डा, लोकल कुखुरा, बटैका अण्डा, बट्टै बिक्री वितरण गरेर २ लाख रुपैयाँ आम्दानी गरेको बताए । उनले भने ‘मैले कसै एनजिओ, आई एनजिओ अथवा सरकारी निकायलाई देखाउन अनुदान लिनको लागि व्यवसाय गरेको होइन परिश्रम गरे आफ्नो ठाउँमा पनि सुन फल्छ भनेर देखाउन कृषि काम सुरु गरेको हु गरेर देखाउन्छु ।’

कृषि प्राविधिक समेत रहेका शाही बारीमा आफै काम गर्छन् । उनले एक जना युवालाई समेत रोजगारी पनि दिएका छन् । साग तरकारी, तरकारी बेर्नाहरू लोकल कुखुरा, बट्टै, अण्डाहरू किन्न मानिसहरू बारीमै र खोरमै पुग्ने गरेको बताए ।

ग्राहकको माग र आवश्यकता अनुसार आफूले पुर्‍याउन नसकेको समेत उनले बताए । कुनै निकायले सहयोग गरोस् वा नगरोस् व्यवसायी रूपमा आफूले लगानी गरेर व्यवसाय सुरु गरेका शाहीलाई कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालय डोटीले उनलाई पोलिहाउस भित्र तरकारी खेती गर्नका लागि रु ३ लाख अनुदान सहयोग गरेको शाहीले बताए ।

करिब आधा दर्जन गैरसरकारी संघ संस्थामा लामो समयसम्म काम गरेका शाहीले अन्त्य तह आफ्नै फार्म दर्ता गरेर कृषि व्यवसाय सुरु गर्दा उनलाई आत्म सन्तुष्टि हुनुका साथै एक उदाहरणीय पात्रको रूपमा चिन्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस