अमेरिकामा गोली चल्दा चारको मृत्यु, एक घाइते « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अमेरिकामा गोली चल्दा चारको मृत्यु, एक घाइते


प्रशासन संवाददाता

५ माघ २०७६, आइतबार


एजेनसी । अमेरिकामा गोली चल्दा चार जनाको मृत्यु भएको छ।

उताह राज्यमा शुक्रबार राती भएको घटनामा चार जनाको मृत्यु भएको स्थानीय प्रहरी अधिकारीहरुले जनाएका छन् ।

मृत्यु हुनेमा ३ बालबालिका र एक महिला रहेका छन्।

प्रहरीले घटनामा संलग्न एक जनालाई पक्राउ गरेको छ। प्रहरीले पक्राउ परेका व्यक्ति नाबालिग रहेकोमात्र खुलाएको छ।

प्रदेशको राजधानी सहर साल्ट लेक सिटीसँगै जोडिएको ग्रान्ट्सभिल्ले भन्ने ठाउँमा गोलीकाण्ड भएको थियो ।

‘सरकारी अधिकारीहरु घटनास्थलमा पुगेर चार जनाको मृत्यु भएको पुष्टि गरेका छन्’, ग्रान्ट्सभिल्लेका एक जना प्रहरी अधिकृत होन्डा फिल्डसले भने।

उनले घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको र घाइतेको अस्पतालमा उपचार भइरहेको जनाएका छन्।

आक्रमण गर्ने र पिडितहरु एउटै परिवारका हुन की होइनन् भन्ने अहिले यकिन भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस