गायिका राउतलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने ! « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गायिका राउतलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने !


४ माघ २०७६, शनिबार


काठमाडौँ । गायिका आस्था राउतमाथि कारबाही गर्न प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

महानगरीय प्रहरी कार्यालयले राउतमाथि मुलुकी अपराध संहिता ऐन २०७४ को दफा ११८ अन्तर्गत अनुसन्धान गरी आवश्यक कारबाही गर्न महानगरीय प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिएको छ।

अभद्र व्यवहार गर्न नहुने संहिताको ११८ दफामा भनिएको छ, ‘कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन। त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।’

गायिका राउतलाई आइतबार प्रहरीले झिकाएर अनुसन्धान गर्ने तयारी गरेको प्रहरी स्रोतले प्रशासनलाई बताएको छ ।

सम्बन्धित समाचार : गायिका राउतको विषयमा अनुसन्धान हुँदैछ : प्रहरी

सम्बन्धित समाचार : आस्था राउतविरुद्ध प्रहरी जवान श्रेष्ठले दिईन् उजुरी

सम्बन्धित समाचार : आस्था राउतको भिडियोमाथि प्रहरीले थाल्यो अनुसन्धान सुरु

सम्बन्धित समाचार : कानुन भन्दा माथि हो र कलाकारिता ?

राउतमाथि प्रहरी जवान सुनिता श्रेष्ठले उजुरी दिएकी छन्। उजुरीको व्यहोरा र सीसीटीभी फुटेज महानगरीय प्रहरी कार्यालयले काठमाडौं परिसरलाई कारबाही थाल्न निर्देशन दिएको थियो।

प्रतिक्रिया दिनुहोस