आस्था राउतविरुद्ध प्रहरी जवान श्रेष्ठले दिईन् उजुरी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आस्था राउतविरुद्ध प्रहरी जवान श्रेष्ठले दिईन् उजुरी


३ माघ २०७६, शुक्रबार


काठमाण्डौँ । गायिका आस्था राउतलाई जाँच गर्ने प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा राउतविरुद्ध उजुरी दिएकी छिन् ।

विमानस्थल प्रहरी कार्यालयले उजुरीबारे कारबाहीका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पठाएको छ।

श्रेष्ठले आफू ड्यूटी निर्वाह गर्दैगर्दा राउतले गालीगलौज र अभद्र व्यवहार गरेको भन्दै उजरी दिएकी हुन् ।

झापाको भद्रपुर विमानस्थलमा ड्युटीमा खटिएकी महिला प्रहरीले आफूलाई असभ्य व्यवहार गर्दै ‘तँ’ शब्दको प्रयोग गरेको भन्दै राउत आक्रोशित बनेकी थिइन् ।आस्था राउतले भिडियो लाइभपछि फेसबुकमा पोस्ट लेख्दै आफू आवेगमा आएको र प्रशासनले व्यवहारमा सुधार गर्नु पर्ने बताएकी थिइन् ।

गायिका आस्था राउतले आफूलाई महिला प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस