२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैंकको ताकेतापछि वडाअध्यक्षले गरे आत्महत्या

अ+ अ-

नेपालगन्ज । कोहलपुर नगरपालिका–१२ का अध्यक्ष कृष्णबहादुर खड्काले बैंकको ऋण तिर्न नसकेपछि आत्महत्या गरेको खुलेको छ।

६८ वर्षीय खड्काले भारतको बहराइच पुगेर एक होटलमा आत्महत्या गरेका हुन्। उनको सुसाइड नोटमा बैंकको ऋण तिर्न नसकेकाले आत्महत्या गरेको उल्लेख छ।

सुर्खेतको मेहलकुना जान्छु भन्दै मंगलबार बिहान घरबाट निस्केका ६८ वर्षीय खड्का बुधबार भारतको बहराइचस्थित शंकर होटलको कोठामा मृत अवस्थामा भेटिएका थिए।

घटनाको अनुसन्धान गरेको भारतीय प्रहरीले उनी बसेको होटलको कोठाबाट खड्काले लेखेको ‘सुसाइड नोट’ बरामद गरेको छ। भारतीय प्रहरीका अनुसार सुसाइड नोटमा एक बैंकमाथि गम्भीर आरोप लगाउँदै उसैले आफूलाई आत्महत्या गर्न बाध्य पारेको उल्लेख छ। भारतीय प्रहरीका अनुसार उनले आत्महत्या गर्न विष सेवन गरेको खुलेको छ। आफन्तका अनुसार खड्काले गत वर्ष बैंकबाट २० लाख रुपैयाँ ऋण लिएका थिए। बैंकले किस्ता तिर्न बारम्बार ताकेता गरेपछि उनी तनाबमा थिए।

ऋण तिर्न बैंकले ताकेता गरेपछि खड्काले आफूले आत्महत्या रोजेको सुसाइड नोटमा उल्लेख गरेको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले बताए। सुसाइड नोटमा बैंकमाथि दोष दिँदै लेखिएको छ, ‘मलाई बैंकले बारम्बार ताकेता गरेर टेन्सन दियो, छोराहरूले पनि सहयोग गरेनन्।’ आफूले आत्महत्या रोजेकाले बास बसेको होटलका साहुलाई कुनै दुःख नदिनु भनेर पनि सुसाइड नोटमा लेखिएको छ।

प्रतिक्रिया दिनुहोस