कास्कीमा हिमपहिरोमा परी २ नेपालीसहित ७ पर्यटक बेपत्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कास्कीमा हिमपहिरोमा परी २ नेपालीसहित ७ पर्यटक बेपत्ता


४ माघ २०७६, शनिबार


काठमाडौँ । कास्कीस्थित अन्नपूर्ण आधार शिविरको पर्यटकीय पदमार्गमा हिमपहिरो जाँदा २ नेपालीसहित ७ पर्यटक बेपत्ता भएका छन्।

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ हिमालय र देउरालीबीचको हिंकुमा हिमपहिरो जाँदा दुई नेपाली गाइडसहित चार कोरियाली र एक चिनियाँ पर्यटक हराइरहेका हुन्।

गण्डकीस्थित प्रदेश प्रहरी कार्यालयका अनुसार अन्नपूर्ण बेसक्याम्प९एबीसी० जाने क्रममा नौ कोरियालीमध्ये चार जना सम्पर्कविहीन भएका हुन् । यसैगरी एक चिनियाँ पर्यटक र दुई नेपाली गाइड पनि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।

भारी हिमपातका कारण उक्त मार्गमा अहिले ओहोरदोहोर गर्न सकिने नरहेको र फोनले काम नगरेकाले पनि खोजीमा समस्या भएको स्थानीयको भनाई छ ।

हिमपहिरामा परी शुक्रबार दिउँसोदेखि बेपत्ता उनीहरूको खोजी गर्न प्रहरी घटनास्थलतर्फ गईसकेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस