आविष्कार केन्द्रलाई रु १ लाख सहयोग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आविष्कार केन्द्रलाई रु १ लाख सहयोग


३ माघ २०७६, शुक्रबार


गलेश्वर । म्याग्दीको बेगखोलास्थित बोगखोला नौमती बाजा समूहले गाउँघरमा हुने विवाह, पास्नी तथा सार्वजनिक कार्यक्रममा प्राप्त हुने आम्दानीबाट बचत गरेको रु १ लाख महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरेको छ ।

समूहका सदस्य तुलप्रसाद फगामी, थमप्रसाद फगामी र यामबहादुर पूर्जाले पोखराको न्यूरोड स्थित इस्माइल क्याफेमा राष्ट्रिय आविष्कार केन्द्रका संयोजक महावीर पुनलाई भेटेर सो रकम हस्तान्तरण गरेका हुन्

सोही अवसरमा रघुगङ्गा गाउँपालिका–१ का अध्यक्ष बिलबहादुर फगामीले व्यक्तिगतरुपमा रु १० हजार प्रदान गरेका थिए ।

नौमती बाजा समूहले विवाह लगायतका कार्यक्रममा बाजा बजाएर प्राप्त गरेको आम्दानी तीन भाग लगाई दुई भाग समूहमा संलग्नले पारिश्रमिक लिने र एक भागलाई सामाजिक कार्यमा सहयोग गर्नका लागि कोषमा जम्मा गरी राख्ने गरेको बेग नौमती बाजा समूहका सदस्य तुलप्रसाद फगामीले जानकारी दिए । फगामीका अनुसार बाजा समूहले गाउँमा निर्माणाधीन महादेव माविको भवन निर्माणका लागि रु १ लाख हस्तान्तरण गरिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस