संसद्को गतिरोध चाँडै हट्छ : अध्यक्ष तिमिल्सिना « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

संसद्को गतिरोध चाँडै हट्छ : अध्यक्ष तिमिल्सिना


३ माघ २०७६, शुक्रबार


पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सामुदायिक विद्यालयलाई प्राविधिक शिक्षालयको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

पर्वतको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा अवस्थित पशुपति माविको स्वर्ण महोत्सव समान समारोहलाई बिहीबार सम्बोधन गर्दै उनले एक स्थानीय तह एक प्राविधिक शिक्षालय स्थापना गर्न आवश्यक छ भने । उनले सोही विद्यालयबाट प्रारम्भिक शिक्षाको शुरुआत गरेका थिए ।

अध्यक्ष तिमिल्सिनाले संघीय संसद्मा देखिएको गतिरोध चाँडै हट्ने, दलीय सहमतिबाट टुङ्गिने सभामुखको चयन प्रक्रियाले चाँडै पूर्णता पाउने र रोकिएका विधेयक छिट्टै टुङ्गो लाग्ने बताए।

नेकपाका केन्द्रीय सदस्य गुप्त हमालले मुलुक विकास र समृद्धिको दिशामा अघि बढेको बताउँदै अब ढुक्क भएर काम गर्नुपर्ने बेला आएको बताए । स्वर्ण महोत्सवका सबै कार्यक्रम सकिएको आयोजक समितिका सचिव रमेश केसीले कार्यक्रममा जानकारी दिए ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस