२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललिता निवासको जग्गा कब्जा गरेको घोषणा !

अ+ अ-

काठमाडौँ । बालुवाटार स्थित ललिता निवासको विवादित जग्गा नेत्रविक्रम चन्द विप्लव समूहले कब्जा गरेको घोषणा गरेको छ । समूहले जग्गा प्रकरणका आरोपी शोभाकान्त ढकालको घरको गेटमा विस्फोट गराउँदै जग्गा कब्जाको घोषणा गरेका हुन्।

बुधवार साँझ एक विज्ञप्ति प्रकाशित गरी विप्लव नेकपाले सो जग्गा कारोबार गरेमा पार्टीले हदैसम्मको कारबाही गर्ने चेतावनीसमेत दिएको छ।

यस्तो छ विज्ञप्ति

सबैलाई अवगत नै छ विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निरन्तर रूपमा एकीकृत जन क्रान्ति मार्फत देशमा भइरहेको भ्रष्टाचार, दलाली करण, माफिया करण र लुटतन्त्रका विरुद्धमा अनवरत सङ्घर्षमा छ। विगत लामो समयदेखि धेरै नै चर्चामा रहेको राष्ट्रिय सम्पत्ति जुन भिमशमशेरले नाति शुवर्णशमशेरको नामबाट बालुवाटार स्थित करिब २०० रोपनीमा बनाएको भव्य वर्णमहल अर्थात् हालको ललिता निवासको जग्गाको बारेमा भएको चरम माफियाकरणबारे हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।

२००७ सालको राजनैतिक परिवर्तनसँगै राणाहरूको दरबारको राष्ट्रियकरण गर्ने सिलसिलामा ललिता निवास पनि तत्कालीन सरकारबाट सिज भएको तर बहुदल आइसकेपछि राज्यसत्ताका सबै उपरि संरचनामा फस्टाएको व्यापक माफियाकरणले गर्दा राज्यको सम्पत्ति स्वरूप राष्ट्रियकरण भएको ललिता निवासका जग्गा-माफियाका नाइकेहरू भाटभटेनी सुपरमार्केटका मालिक मीन बहादुर गुरुङ,
भू-माफियाहरू शोभाकान्त ढकाल र राम कुमार सुवेदीको चङ्गुलमा परि राज्य सञ्चालकहरूले शुवर्णशमशेरको सन्तानबाट तथाकथित मोही सिर्जना गरी राष्ट्रिय सम्पत्तिको रूपमा आएको र थप आउन सक्ने जगालाई व्यक्तिको निजी सम्पत्तिको रूपमा हुने गरी भएका किनबेचले तथाकथित कम्युनिस्ट नामधारी केपी नेतृत्वको दलाल सरकार जनता र राष्ट्रको पक्षमाभन्दा माफिया र दलालहरूको पक्षमा छ भन्ने प्रस्ट हुन्छ।

तसर्थ राष्ट्र र जनताको सम्पत्ति माफियाहरूको हातबाट पुनः राष्ट्र र जनताको हातमा ल्याउनको निमित्त माफियाहरूद्वारा कब्जा गरिएको वा किनबेच भएको अर्थात् भाटभटेनी सुपर मार्केट मालिक मीन बहादुर गुरुङसँग भएको २२ रोपनी, गोयल ग्रुपसँगको २१ रोपनी, श्रद्धा ग्रुपसँगको ४ रोपनी, चाचन ग्रुपसँगको ३ रोपनी, केडिया ग्रुपसँगकाे ३ रोपनी, शोभाकान्त ढकाल र राम कुमार मोदीसँग भएको २८ रोपनी, गोपाल खनाल ग्रुपसँगको ४ रोपनी, तत्कालीन एमाले र हाल सत्ताधारी नेकपाका महासचिव विष्णु पौडेलसँग भएको कित्ता न ०९ र १५ सहितको ८ आना पुरुषोत्तम पौड्यालसँगको १५ रोपनी र अन्य विभिन्न व्यक्ति र समूहसँग रहेको २९ रोपनी गरी जम्मा ११५ रोपनी जग्गा आजैका मितिबाट हाललाई पार्टी मातहत आउने गरी कब्जा गरिएको देशभक्त, राष्ट्रपेमी र न्याय प्रेमी जन समुदायलाई सूचित गराउन चाहान्छाैँ।

पार्टीले अर्को निर्णय नगरेसम्म माथि उल्लेखित कब्जा गरिएको जग्गा कथमकदाचित कुनै व्यक्ति वा संस्थाले किनबेच वा सो जगा सँग सम्बन्धित रहेर कारोबार गरिएको पाइएमा निज व्यक्ति, संस्था वा सहयोग गर्नेलाई पार्टीले हदैसम्मको कारबाही गर्ने कुरा पनि यसै मार्फत सूचित गराउन चाहन्छौँ।

प्रतिक्रिया दिनुहोस