काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो चरेससहित एक जना पक्राउ परेका छन् ।
थाई एयरलाइन्सको उडानबाट बुधबार दिउँसो बैंकक जान लागेका इलाम मासेवुङ गाँउपालिका-१ बस्ने दिलेन्द्र योङहाङ उक्त परिमाणको लागूऔषध चरेससहित पक्राउ परेका हुन् ।
घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।