नेपाल वायुसेवा निगम ‘भ्रमण वर्ष २०२०’ को आधिकारिक वायुसेवा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेपाल वायुसेवा निगम ‘भ्रमण वर्ष २०२०’ को आधिकारिक वायुसेवा


१ माघ २०७६, बुधबार


काठमाडौं । नेपाल वायुसेवा निगम र नेपाल भ्रमण वर्ष २०२० सचिवालय बीच नेपाल भ्रमण वर्षलाई सहयोग पुग्ने विभिन्न कार्यक्रम मिलेर गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौता अनुसार नेपाल वायुसेवा निगमलाई नेपाल भ्रमण वर्ष २०२० को आधिकारिक वायुसेवा तोकिएको छ । भ्रमण वर्ष सफल पार्न दुवै संस्थाको वेभसाइटलाई होम पेजको रुपमा प्रयोग गर्ने सहमतिसमेत भएको छ ।

नेपाल भ्रमण वर्षको अवसरमा सचिवालयका तर्फबाट प्रकाशित हुने ब्रोसर र म्यागजिनमा निगमको लोगो समावेश गरिने भएको छ । सचिवालयका तर्फबाट आयोजना गरिने समारोहमा पर्यटन प्रवर्द्धनलाई मद्दत पुर्‍याउने निगमद्वारा तयार पारिएको भिडियो प्रदर्शन गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस