संसद भवन भत्काउन संसदीय समितिको निर्देशन « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

संसद भवन भत्काउन संसदीय समितिको निर्देशन


२९ पुस २०७६, मंगलबार


काठमाडौँ । संसदको विकास तथा प्रविधि समितिले सिंहदरबारभित्र रहेको पूरानो संसद भवन भत्काउन निर्देशन दिएको छ।

मंगलबार बसेको समितिको बैठकले नयाँ भवन भत्काएर नयाँ भवन बनाउन निर्देशन दिएको हो।

समितिको बैठकमा सहरी विकास मन्त्रालयका सचिव मधुसुधन अधिकारी र राष्ट्रिय पुननिर्माण प्राधिकरणका सचिव शिवहरि शर्माले सिंहले ग्यालरी बैठक भएको भवनलाई रेट्रोफिटिङ गरेर पुनर्निर्माण गर्न नसकिने बताएसँगै रेट्रोफिटिङ गर्न नसकिने भएपछि यसलाई भत्काएर नयाँ बनाउन समितिले निर्देशन दिएको हो।

२०१५ सालको पहिलो संसददेखि संसद भवनका रूपमा प्रयोग गरिएको यो भवन २०६२/०६३ को अन्तरिम संसदको बैठकका लागि प्रयोग गरिएको थियो।

२०६४ मा संविधान सभाको निर्वचान भएपछि ६०१ सदस्यीय संविधान सभाको बैठक बस्न सम्भव नभएपछि बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भाडामा प्रयोग गरिँदै आएको छ ।

नयाँ संसद भवनका लागि सिंहदरबारस्थित पुतली बगैंचा तय गर्दै टेन्डरको प्रक्रिया नै अघि बढेको भएपनि उक्त ठाउँमा हाल सेना बसिरहेकोले सेनालाई सारेपछि मात्रै संसदको नयाँ भवन निर्माणको काम सुरू हुने सहरी विकास मन्त्रालयका सचिव मधुसुधन अधिकारीले बैठकमा जानकारी दिएका थिए।

रक्षा मन्त्रालय रहेको भवन भूकम्पले भत्काएपछि अहिले पुनर्निर्माणको काम भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस