नेपाल कुनै विदेशी सैन्य गठबन्धनमा सम्मिलित हुँदैन : परराष्ट्रमन्त्री ज्ञवाली « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेपाल कुनै विदेशी सैन्य गठबन्धनमा सम्मिलित हुँदैन : परराष्ट्रमन्त्री ज्ञवाली


२९ पुस २०७६, मंगलबार


सञ्चार क्षेत्रको विश्वसनीयतामाथि प्रश्न !

गुल्मी । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल असंलग्न सिद्धान्तप्रति प्रतिबद्ध रहेका कारण कुनै पनि विदेशी सैन्य गठबन्धनमा सम्मिलित नहुने बताएका छन् ।

दोस्रो रुरु महोत्सवको आज यहाँ उद्घाटन गर्दै मन्त्री ज्ञवालीले कुनै पनि देशको विकास सहायतासँग बन्दूक जोडिएर नआउने भएकाले विकास सहायता सबै देशबाट लिने सरकारको नीति रहेको स्पष्ट गरे ।

मन्त्री ज्ञवालीले विकास सहायतालाई अनावश्यक रुपमा उचालेर मित्रराष्ट्रसँगको सम्बन्धलाई धमिलो बनाउने काम कोही कसैले पनि गर्न नहुने पनि बताए । ‘रुरु महोत्सव गौरव हो हाम्रो, संवर्द्धन गरौंँ धर्म र संस्कृतिको राम्रो’ भन्ने नाराका साथ गुल्मी उद्योग वाणिज्य संघ रिडी र रुरु फ्रेण्डस क्लबको संयुक्त आयोजनामा यही पुस २९ देखि माघ ९ गतेसम्म गुल्मीको रुरुक्षेत्र गाउँपालिका, रिडीमा सो महोत्सव चल्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस