पोर्चुगलको समुन्द्रमा डुबेर नेपाली दाजुभाइको मृत्यु - प्रशासन प्रशासन
prasaLogo
२९ पुष २०७६, मंगलवार

पोर्चुगलको समुन्द्रमा डुबेर नेपाली दाजुभाइको मृत्यु


प्रकाशित मिति : 14 January, 2020 6:55 pm

लिस्बन । समुद्री किनारमा माछा मार्न जाँदा छालले बगाएर पोर्चुगलमा दुई नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ घर भएका दाजुभाइ श्याम वाइवा तामाङ र कमल वाइवा तामाङ रहेका छन् ।

पोर्चुगलको कास्काइसको बोका डो इन्फर्नो क्षेत्रमा माछा मार्न गएका दाजुभाइलाई समुन्द्री छालले बगाउँदा बेपत्ता भएका थिए । नौ महिनाअघि पोर्चुगल पुगेका उनीहरुले रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका थिए ।

दुबै शवको अन्त्येष्टि पोर्चुगलमै गर्ने वा नेपाल पठाउने भन्ने निर्णय भई नसकेको तामाङ समाज पोर्चुगलका अध्यक्ष सुनिता ब्लोन तामाङले बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस