छुट्टछुट्टै सवारी दुर्घटनामा परी तनहुँमा दुई जनाको मृत्यु « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

छुट्टछुट्टै सवारी दुर्घटनामा परी तनहुँमा दुई जनाको मृत्यु


२९ पुस २०७६, मंगलबार


तनहुँ । छुट्टछुट्टै सवारी दुर्घटनामा परी घाइते भएकामध्ये तनहुँमा दुई जनाको मृत्यु भएको छ ।

गत शुक्रबार तनहुँको घिरिङ गाउँपालिकास्थित कृष्ण मोटरमार्गमा बस दुर्घटना हुँदा सख्त घाइते भएकी घिरिङ गाउँपालिका–१ का ७० वर्षीया आइतीमाया विकको पोखरा मणिपाल अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

उनका अनुसार ग १ ख ६१७५ नम्बरको यात्रुवाहक बस घिरिङ गाउँपालिका–३ स्थित थानीमाइमा अनियन्त्रित भई सडकबाट तल खख्दा १८ जना घाइते भएका थिए । उक्त दुर्घटनामा परी घिरिङ गाउँपालिका–१ का २० वर्षीया मुना थापा र घिरिङकै वडा नं ३ का ४२ वर्षीया नानीमाया गुरुङको घटनास्थलमै मृत्यु भएको थियो । उक्त दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

त्यसैगरी गत शनिबार आँबुखैरेनी गाउँपालिका–४ ऐनापहरा नजिकै ग १ ख ५९०० नं को ट्रकले विपरीत दिशामा गुडिरहेको बा ८७ प ३३१४ नं को मोटरसाइकलाई ठक्कर दिँदा सख्त घाइते भएका मोटरसाइकल चालकको उपचारको क्रममा आज मृत्यु भएको छ । ट्रकको ठक्करबाट घाइते भएका गोरखा जिल्ला शहीद लखन गाउँपालिका–३ का ३० वर्षीय सन्तोष पोख्रेलको उपचारको क्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस