५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दलबाट उम्मेदवार यकिन नभई राजीनामा दिन्न : उपसभामुख तुम्बाहाङफे

अ+ अ-

काठमाडौं । उपसभामुख डा.शिवमाया तुम्बाहाङफेले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सभामुखका लागि उम्मेदवार यकिन गरी निर्वाचनका लागि अनुरोध नगरेसम्म उपसभामुख पदबाट आफूले राजिनामा नदिने स्पष्ट गरेकी छन् ।

संघीय संसद् भवनस्थित आफ्नै कार्यकक्षमा राष्ट्रिय समाचार समिति र न्यूज एजेन्सी नेपाल सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भनिन्, ‘सभामुख रिक्त नहुने संविधानको परिकल्पनालाई हामीले ग्रहण गर्नुपर्छ, जबसम्म दलले उम्मेदवार टुङ्ग्याएर मेरो उम्मेदवार यो हो भनेर अगाडि सार्दैन, त्यतिबेलासम्म उपसभामुखले राजीनामा गरेर प्रतिनिधिसभालाई नेतृत्वविहीन बनाएर छाड्ने पक्षमा म छैन ।’

उपसभामुख तुम्वाहाङफेले नेकपाको सचिवालयले उपसभामुखबाट राजीनामा दिन आग्रह गरी पठाएको पत्रसमेत बुझ्न अस्वीकार गरेकी छन् । नेकपाले आइतबार संघीय संसद् सचिवालयमा उक्त अनुरोध पत्र पठाएको थियो ।

अहिलेको गतिरोध अन्त्य गर्ने वा प्रतिनिधिसभाको बैठक सञ्चालन गर्ने भन्ने निर्णय अहिले प्रतिनिधिसभामा बहुमत प्राप्त दल नेकपाको हातमा रहेको उल्लेख गर्दै उनले भनिन्, ‘विभिन्न परिस्थितिका कारण व्यवस्थापिका जस्तो महत्वपूर्ण स्वतन्त्र संस्थाको नेतृत्व प्रदान गरिरहेको व्यक्तिलाई कुनै दल विशेषले नेतृत्वबाट बाहिर जाउ भनेर निर्देशन जारी गर्न संविधान त मिल्दैन ।’

प्रतिनिधिसभामा रहेर मैले काम गरिरहेको अवस्थामा म स्वतन्त्र व्यक्ति हो, जतिबेला दलले उम्मेदवार बनायो र म निर्वाचित भए, त्यसलगत्तै मैले दलको साधारण सदस्य नरहने गरी दल त्याग गरेको स्मरण गर्दै उनले भनिन्, ‘मैले स्वतन्त्र ढङ्गबाट प्रतिनिधिसभालाई नेतृत्व प्रदान गर्नुपर्छ, त्यो गरिरहेको छु । कसैको प्रभावमा पर्दिन र डर नमानी काम गर्छु भनेर शपथ लिएको थिए ।’

अझै पनि केही समय राजीनामा गर्ने पक्षमा आफू नरहेको बताउँदै उनले भनिन्, ‘दलले उम्मेदवार अझै अघि बढाएका छैनन्, दलले उम्मेदवार अघि बढाइसकेपछि प्रतिनिधिसभाको बैठकमा सभामुखको निर्वाचन प्रक्रियालाई अघि बढाउने सन्दर्भमा राजीनामा दिन्छु, निर्वाचनअघि बढछ, संविधानले दिएको डयुटी मैले पूरा गर्नुपर्छ ।’ उनले संविधान नै नेपालमा सबैभन्दा ठूलो भएकाले यसले निर्देशन गरेर राष्ट्र र सरकार चल्छ भने सबै त्यसैका आधारमा चल्नुपर्छ बताइन् ।

उपसभामुख तुम्वाहाङफेले भनिन्, ‘कुनै दल विशेषले राजीनामा देऊ भने पनि मैले यो संस्थालाई खाली गर्न मिल्दैन, संविधानले प्रतिनिधिसभालाई रिक्त हुने भनेर कल्पना गरेको छैन, नेकपाले राजीनामा दिन निर्देशन जारी गर्‍यो भन्ने विषय मैले सञ्चारमाध्यमबाट थाहा पाएको हुँ ।’

प्रतिनिधिसभाको बैठकका लागि प्रशस्त विजनेश भए पनि प्रतिनिधिसभाको पहिलो कार्यभार सभामुख निर्वाचन गर्नुपर्ने भएकाले विगतका बैठक स्थगन गर्नुपरेको उल्लेख गर्दै उनले दलले आफ्नो उम्मेदवारको तय अहिलेसम्म गरेका छैनन् । माघको ६ गतेका लागि अर्कौ बैठक तोकिएको छ, सम्भवत त्यो दिनदेखि सदन नियमित अघि बढ्छ कि भन्ने सम्भावना रहेको बताइन्।

प्रतिक्रिया दिनुहोस