काँग्रेसका वरिष्ठ नेता पौडेल नयाँ दिल्ली प्रस्थान « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

काँग्रेसका वरिष्ठ नेता पौडेल नयाँ दिल्ली प्रस्थान


२८ पुस २०७६, सोमबार


काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल स्वास्थ्य उपचारका लागि आज भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्। रक्तचापको जाँचका क्रममा एकै दिनमा फरकफरक रिपोर्ट देखिएपछि थप उपचारका लागि नयाँ दिल्ली गएको उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

नयाँदिल्ली बसाईंका क्रममा राजनीतिक भेटघाट पनि हुनसक्ने स्वकीय सचिव अधिकारीले बताए । काँग्रेसको १४औँ महाविधेशनका सम्बन्धमा पार्टीको केन्द्रीय कार्यसमितिले बहुमतका आधारमा निर्णय गरेपछि नेतृत्वसँग असन्तुष्ट बनेका नेता पौडेल र सभापति शेरबहादुर देउवाबीच आइतबार मात्रै भेटवार्ता भएको थियो । सो भेटपछि आज नेता पौडेल नयाँदिल्ली गएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस