काठमाडौं । शिष्यलाई ठगी गरेको आरोपमा शिवानन्द स्वामी भनिने दिपक भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले सोमबार भण्डारीलाई पक्राउ गरेको हो ।
महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार उनले शिष्यलाई विदेश पठाइदिन्छु भन्ने आश्वसन देखाएर रकम उठाएका थिए । तर, विदेश नपठाएको भन्दै महाशाखामा ४ जना शिष्यले उनीविरुद्ध उजुरी दिएका छन् ।
शिवानन्द स्वामी बाबा टौदहमा आश्रम निर्माण गरेर बस्दै आएका थिए।