२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा छाउ गोठ भत्काउने अभियान सुरु

अ+ अ-

डोटी । डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर ३ घागलको सिन्दुरेपानि गाउँ बाट छाउ गोठ भत्काउने अभियान सुरु गरिएको छ ।

स्थानीय बासी, महिला, जनप्रतिनिधि, प्रहरी र गाउँका अगुवाहरूको सहभागितामा आइतबार देखि सुरु भएको अभियानले २८ वटा छाउ गोठ भत्काइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिलीप सीँ देउवाले जानकारी दिएका छन् ।
गृह मन्त्रालयले पुस ९ गते प्रमुख जिल्ला अधिकारीलाई छाउपडी कुरीति नियन्त्रण गर्न निर्देशन पत्र पठाएको थियो । सोही अनुरूप जिल्ला प्रशासन कार्यालय डोटीले पुस १५ गते छाउपडी प्रथा विरुद्ध सक्रिय भएर लाग्न र सहयोग गर्न जिल्लाका सरोकारवाला निकायहरूलाई पत्राचार गरेको थियो । त्यस पछि पुस २० गते स्थानीय तहसँगको समन्वयात्मक बैठक गरिएको थियो । बैठकमा स्थानियतहका प्रमुखहरूले छाउपडी विरुद्ध लाग्न गोठ भत्काउने, छाउ बार्नेलाई सरकारबाट पाउने सेवा सुविधा रोक्न गर्न तयार रहेको प्रतिबद्धता जनाएका थिए ।

सोही अनुरूप छाउपडी प्रथा कुरीति नियन्त्रण गर्न डोटीमा पनि छाउगोठ भत्काउने अभियान सुरु गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । उनले भने ‘छाउपडी प्रथाका कारण धेरै महिला दिदी बहीनीहरुले अकालैमा ज्यान गुमाउनु परेको छ महिलाहरूले त्यस्तो अवस्था भोक्नु नपरोस् ’

छाउपडी प्रथा कानुन सम्वत र स्वास्थ्यको दृष्टिकोणले राम्रो होइन भन्ने बुझेर छाउगोठ स्वयम् व्यक्तिले आफै भत्काउने गरेको र केही छाउगोठहरू घरधनीको रोहबरमा प्रहरी प्रशासनले भत्काउने गरेको समेत प्रजिअ पौडेलले बताए । छाउपडी प्रथाको बारेमा जताततै बहस, छलफल, अभियान चल्दा स्थानियबासीमा एक खालको जागरण चलेको छ ।

छाउ गोठ भत्काउन स्थानीय जनप्रतिनिधि, राजनीतिकर्मी, कर्मचारी, आमा समूह, बाल तथा युवा समूह, धामीझाँक्रीसमेत सक्रिय रहनु पर्ने बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर चन्दले बताए  । उनले भने ‘छाउगोठमा बस्ने कार्य राम्रो होइन छाउपडी प्रथाकै कारण सुदूरपश्चिममा सयौँको ज्यान गएको छ ।’ धामीझाक्रि र भरणीलाई छाउपडी प्रथाको मुख्य बाधकको रूपमा लिने गरेकोले तिनीहरूलाई पनि सम्झाई बुझाई गरी अभियानलाई सफल गर्नुपर्ने समेत अध्यक्ष चन्दले बताए । पुस २७ गते बसेको गाउँ कार्यपालिकाको बैठकले बडीकेदार गाउँपालिकामा छाउगोठ भत्काउने जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै अभियानलाई सफल पार्न प्रतिबद्धता जनाउने निर्णय गरेको छ ।

गाउँपालिका भित्र रहेको छाउ गोठ भत्काएर महिला तथा किशोरीलाई सुरक्षित रूपमा घरमै बस्ने अभियानमा लागेका बडीकेदार गाउँपालिकाकी उपाध्यक्ष ईन्दा बोहरा भाटले बताइन् । उनले भनिन् ‘हामीले अभियानको सुरुवात गरेका छौ अब निरन्तर रूपमा अगाडी बढ्छ’ । नौ वटा स्थानीय तह रहेको डोटीमा बडीकेदार गाउँपालिका बाट छाउपडी गोठ भत्काउने अभियान सुरु गरेको हो । सुदूरपश्चिममा महिला रजस्वला भएको समयमा पाँच दिनसम्म घरभन्दा बाहिर बनाइएको गोठमा बस्छन् । त्यहीँ गोठलाई छाउपडी गोठ भन्ने चलन रहेको छ ।

मुलुकी अपराध संहिता २०७४ को दफा १६८ को उपदफा ३ अनुसार महिलाहरू रजस्वला भएको अवस्थामा छाउपडीमा राख्न वा राख्न बाध्य पार्नेलाई तीन महिना कैद र तीन हजार रुपियाँ जरिवानाको व्यवस्था रहेको छ । समृद्ध एवं न्यायपूर्ण नेपाल निर्माण र सुखी नेपाली बनाउन राष्ट्र निर्माण र राज्य निर्माणलाई सँगसँगै अगाडि बढाउनु आजको आवश्यकता र समयको माग हो ।

प्रतिक्रिया दिनुहोस