२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्नपूर्ण पदमार्गका पर्यटक घट्दा व्यवसायी मर्कामा

अ+ अ-

लमजुङ ।  विश्व पर्यटन बजारमा खुम्बुपछि महत्वपूर्ण मानिने अन्नपूर्ण पदमार्गमा आउने पर्यटक घट्दा पदमार्ग आसपासका होटल व्यवसायी मर्कामा परेका छन् । पर्यटक बढी आउने याममा दैनिक ३/४ सयभन्दा बढी पर्यटक आउने यस पदमार्गमा यतिबेला चिसो बढेसँगै पर्यटक घट्न थालेपछि होटल व्यवसाय मर्कामा परेका हुन् ।

अत्यधिक चिसोले पर्यटक आगमनमा कमी हुँदा पदमार्गमा आउने पर्यटकलाई लक्षित गरेर पदमार्ग आसपासमा दर्जनौं होटल व्यवसाय सञ्चालन गरेका व्यवसायी यतिबेला मर्कामा परेको पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले बताए । उनले भने,’पर्यटकको चाप हुँदा दैनिक रु ५०/६० हजार आम्दानी हुन्थ्यो, तर अहिले पाँच/दश हजार पनि आम्दानी हुन सकेको छैन ।’ त्यस्तै, पर्यटन व्यवसायी नरबहादुर गुरुङले भने,’केही समयसम्म पर्यटकलाई खाना खुवाउनदेखि सेवा गर्नका लागि भ्याइनभ्याइ हुन्थ्यो, अहिले पर्यटक नआउँदा फुर्सदिला भएका छौँ, आम्दानी समेत हुन छोडेको छ ।’

मनाङका पर्यटन व्यवसायी विनोद गुरुङका अनुसार यस जिल्लामा चिसो बढ्दै पर्यटक घट्दै गएपछि अधिकांश होटल बन्द गरेर जिल्ला बाहिर गएका छन् । यतिबेला यस पदमार्गमा दैनिक १५/२० जना पर्यटक आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीले जनाएको छ ।

‘भ्रमण वर्ष २०२० मा आउने तथा पदमार्गमा आउने पर्यटक वृद्धि हुने अपेक्षा गरेका छौँ तर चिसोका कारणले पर्यटक कम भएकाले पदमार्गदेखि होटल व्यवसायसमेत सुनसान बनेको छ’एक्याप मनाङका कैलाशबाबु तिवारीले भने । ‘अत्यधिक चिसो भए पनि हिउँ तथा चिसोमा रमाउने विदेशी पर्यटक भने अलिअलि आइरहेको उनको भनाइ छ ।’

पर्यटक हिमाली, पहाड दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नलाई साथै मनाङबाट थुम्रापास गरी मुस्ताङ कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङमा पर्दछ । अन्नपूर्ण पदमार्गमा लमजुङ, मनाङ, मस्ताङ, कास्की र म्याग्दी गरी पाँचवटा जिल्ला जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस