शिवमायाले गरिन् दोस्रो पटक पनि राजीनामाको आग्रह अस्वीकार « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

शिवमायाले गरिन् दोस्रो पटक पनि राजीनामाको आग्रह अस्वीकार


२७ पुस २०७६, आइतबार


काठमाडौँ । उपसभामुख शिवमाया तुम्बाहाम्फेले दोस्रो पटक पनि पार्टीको राजीनामाको आग्रहलाई अस्वीकार गरेकी छन् । उनले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले गरेको राजिनामाको आग्रहलाई दोस्रो पटक पनि अस्वीकार गरेकी हुन् ।

सभामुखमा आफूलाई उम्मेदवार बनाउनुपर्ने अडान दोहोर्‍याउँदै उनले राजीनामा अस्वीकार गरेको स्रोतले जनाएको छ । सभामुखको उम्मेदवार चयनका लागि पनि राजीनामा आवश्यक रहेको भनेर नेताहरुले सम्झाउँदा पनि उपसभामुखले राजीनामा नदिइ बालुवाटारबाट फर्किएको स्रोतले जनाएको छ ।

उनलाई दुवै अध्यक्षले राजीनामा दिएर निकास दिन आग्रह गरेका थिए ।

उनले सचिवालयको बैठकको निर्णयसमेत नमानेपछि विहानै प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । उपप्रधानमन्त्री ईश्वर पोखरेल र नेकपा महासचिव बिष्णु पौडेल पनि छलफलमा थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस