प्रदेश ३ को राजधानी हेटौंडा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रदेश ३ को राजधानी हेटौंडा


२७ पुस २०७६, आइतबार


हेटौंडा । प्रदेश ३ स्थायी राजधानी हेटौंडा कायम भएको छ ।

आइतबार बिहान प्रदेश नं. ३ को प्रदेशसभा बैठकले दुई तिहाइ मतका साथ स्थायी राजधानी मकवानपुर जिल्लाको हेटौंडा नै कायम गर्ने प्रस्ताव पास गरेको हो ।

आइतबार बिहान राजधानी हेटौंडा राख्ने प्रस्तावको पक्षमा भएको मतदानमा १०५ सांसदले पक्षमा मतदान गरे । ३ सांसदले भने हेटौंडा स्थायी राजधानी बनाउन नहुने पक्षमा मत जायर गरेका थिए ।हेटौंडालाई स्थायी प्रदेश राजधानी बनाउनुपर्ने प्रस्ताव मुख्यमन्त्री एवं नेकपा नेता पौडेलले शनिबार प्रदेशसभा सचिवालयमा दर्ता गरेका थिए। उक्त प्रस्तावका समर्थकहरुमा कांग्रेस सांसद इन्द्र बानियाँ, राप्रपा, राप्रपा ९संयुक्त० लगायत ६ दलका सांसद थिए।

राजधानी तोकिएसँगै प्रदेशसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । आजैको दोस्रो बैठकबाट प्रदेश नाम पनि तोकिँदै छ।

नेकपा सचिवालय बैठकले प्रदेश ३ को राजधानी हेटौंडा र नाम वाग्मती राख्ने प्रदेशसभालाई निर्देशनात्मक सुझाव दिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस