गोरखामा एनसेल टावरमा आगजनी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गोरखामा एनसेल टावरमा आगजनी


२६ पुस २०७६, शनिबार


गोरखा । गोरखाको सहिद लखन गाउँपालिका-१ बक्राङ भोक्टेनिमा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेका छन् । शुक्रबार राति करिब ११ः३० बजे आगजनी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट टावरको तारमा क्षति पुगेको छ । जुटको बोरा र पराल प्रयोग गरेर आगो लगाइएको भेटिएको छ ।

टावरमा आगजनी भएसँगै सो क्षेत्रमा सेवा प्रभावित बनेको छ ।

आगजनी गर्नेको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस