पाकिस्तानको मस्जिदमा विष्फोट : डीएसपीसहित १४ जनाको मृत्यु - प्रशासन प्रशासन
prasaLogo
२६ पुष २०७६, शनिबार

पाकिस्तानको मस्जिदमा विष्फोट : डीएसपीसहित १४ जनाको मृत्यु


प्रकाशित मिति : 11 January, 2020 11:11 am

काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा शहरको एक मस्जिदमा भएको विष्फोटमा १४ जनाको मृत्यु भएको छ । घटनामा २१ जना घाइते भएका छन् ।

यो घटनामा क्वेटाका डीएसपी अमानुल्लाहको समेत मृत्यु भएको सञ्चार माध्यमहरुले जनाएको छ ।

क्वेटाको सिभिल हस्पिटलका प्रवक्ताका अनुसार घाइतेहरुको अवस्था गम्भीर छ ।

पाकिस्तानी सेनाले घटनाको पुष्टि गर्दै घटनास्थलको जाँचबुझका लागि प्रहरी र सेनाको संयुक्त टोली खटाइएको जानकारी दिएको छ ।

पाकिस्तानी सेना प्रमुख कमर जावेद बाजवाले भनेका छन्, ‘प्रहरी र प्रशासनको तर्फबाट हरसम्भव मद्दत गरिएको छ । जसले मस्जिदलाई निशाना बनायो, त्यो कहिल्यै मुसलमान हुन सक्दैन ।’

Tags:

प्रतिक्रिया दिनुहोस