महानगर कमिटीको संसदीय दल गठन « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

महानगर कमिटीको संसदीय दल गठन


२५ पुस २०७६, शुक्रबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौँ महानगर कमिटीले संसदीय दलको नेतामा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई जिम्मेवारी दिएको छ ।

पार्टी विधानअनुसार सो जिम्मेवारी प्रदान गर्ने व्यवस्थाअनुसार कमिटीको उपनेतामा वडा नं ३ का अध्यक्ष दीपक केसी, प्रमुख सचेतकमा वडा नं १५ का अध्यक्ष ईश्वरमान डङ्गोल र सचेतकमा वडा नं ३२ का अध्यक्ष नवराज पराजुलीलाई जिम्मेवारी दिइएको हो । नेकपाले आगामी दिनमा २७ सदस्यीय नयाँ समिति (बोर्ड) गठन गर्ने छ ।

कमिटीका इन्चार्ज जीवनराम श्रेष्ठले महानगर कमिटी आफैँ जिल्ला कमिटी भएकाले स्थानीय सरकारलाई जनउत्तरदायी बनाई सुशासन कायम गर्न उक्त दल गठन गरिएको बताए । निर्वाचन क्षेत्र नं ८ का सांसदसमेत रहेका श्रेष्ठले महानगरको विकास तथा पूर्वाधार निर्माणसम्बन्धी कार्यलाई व्यवस्थित, अनुशासित र प्रभावकारी बनाउन यो नेतृत्वले भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

नेपाल ओलम्पिक कमिटीका अध्यक्षको जिम्मेवारीमा समेत रहेका श्रेष्ठले महानगर विभिन्न कला, संस्कृति र सम्पदाले भरिएकाले पर्यटकलाई आकर्षित गर्न सकेमा सरकारले हालै प्रारम्भ गरेको नेपाल भ्रमण वर्षलाई सफल बनाउन सहयोग पुग्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस