एम्बुलेन्स सेवा सञ्चालनमा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

एम्बुलेन्स सेवा सञ्चालनमा


२४ पुस २०७६, बिहिबार


बेझाड । पाल्पाको रामपुर नगरपालिकामा एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ । रामपुर नगरपालिकासहित पाल्पाका पूर्वी भेगका जनतालाई सरल र सहजरुपमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि भारतीय स्वतन्त्रता दिवसको अवसरमा भारतीय दूतावासबाट प्राप्त भएको एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो ।

कालीगण्डकी फाउण्डेशन नेपालमार्फत सञ्चालन हुने सो एम्बुलेन्स सेवाको स्थानीयवासी ज्येष्ठ नागरिक ९३ वर्षीया फनकुमारी पोखरेलले बुधबार उद्घाटन गरे।

सो अवसरमा प्रदेश नं ५ का प्रदेशसभा सदस्य युवराज खनालले रामपुर क्षेत्रका स्थानीयवासी स्वास्थ्य सेवा लिन बाहिर जानुपर्ने अवस्था रहेकाले यसले थप सेवा प्रदान गर्ने बताए ।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले स्वास्थ्य उपचारका लागि बाहिर जाने स्थानीयवासीका लागि यो सेवाले सहज गराउने बताए ।

पूर्वी भेगका नागरिकलाई सहज सेवा दिने गरी एम्बुलेन्स सञ्चालन गर्ने फाउण्डेशनका अध्यक्ष निलकण्ठ भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस