वडा कार्यालयमा प्रेसर कुकर बम « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वडा कार्यालयमा प्रेसर कुकर बम


२३ पुस २०७६, बुधबार


सिन्धुली । मरिण गाउँपालिका-३ मथौलीको वडा कार्यालयमा प्रेसर कुकर बम भेटिएको छ। बुधबार दिउँसो कार्यालय सरसफाई गर्नेक्रममा कर्मचारीले बम फेला पारेका हुन्।

वडा अध्यक्षको कार्यकक्षलाई लक्षित गरी वडा कार्यालयको पछाडीपट्टी भित्तामा बम फेला परेको वडाध्यक्ष प्रवक्ता प्रख्यात मोक्तानले जानकारी दिए। ‘मेरो कार्यकक्षमै जोडेर कार्यालयको बाहिरपट्टी भित्तामा बम राखिएको छ। हामीले दिउँसो मात्र थाहा पाएका हौं,’ उनले भने।

बम तीन लिटरको जस्तो देखिने प्रेसर कुकरमा राखिएको छ। त्यहाँ एउटा मोबाइलसमेत फिट गरिएको र मोबाइल र कुकरबीचमा तारहरु जोडिएको देखिएको मोक्तानले बताए।

अहिले बम राखिएको ठाउँमा इलाका प्रहरी कार्यालय कपिलाकोटबाट प्रहरी निरिक्षकको टोली पुगेको छ । बम डिस्पोज गर्न रातीको समयमा कठिन हुने भएपछि जिल्लाबाट नेपाली सेनाको टोली बिहीबार बिहान मात्र आइपुग्ने जानकारी पाएको वडाध्यक्ष मोक्तानले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस