घुस लिएको आरोपमा मालपोतका खरिदार पक्राउ - प्रशासन प्रशासन
prasaLogo
२३ पुष २०७६, बुधबार

घुस लिएको आरोपमा मालपोतका खरिदार पक्राउ


प्रकाशित मिति : 8 January, 2020 7:05 pm

परासी । सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पश्चिम नवलपरासीस्थित भूमिसुधार तथा मालपोत कार्यालयका खरिदार नेत्रबहादुर चौधरीलाई आज नियन्त्रणमा लिएको छ ।

मोही जग्गा बाँडफाँडमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट रु ४० हजार घुस लिएको आरोपमा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

सेवाग्राहीसँग घुस रकम लिँदै गर्दा अख्तियारको टोलीले आज दिउँसो कार्यालय परिसरबाटै भूमिसुधार शाखाका खरिदार चौधरीलाई रङ्गेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस