राष्ट्रपतिद्वारा दुई गैरआवसीय राजदूत नियुक्त « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

राष्ट्रपतिद्वारा दुई गैरआवसीय राजदूत नियुक्त


२३ पुस २०७६, बुधबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले थाइल्याण्डका लागि नेपालका आवासीय राजदूत गणेश ढकाललाई सिङ्गापुर र अष्ट्रियाका लागि आवासीय नेपाली राजदूत प्रकाशकुमार सुवेदीलाई ग्रिसका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन् ।

नेपालको संविधानको धारा, २८२ अनुसार राष्ट्रपतिले उनीहरूलाई ती मुलुकका लागि गैरआवासीय राजदूतमा आज नियुक्त गरेकी हुन् । राजदूत सुवेदी भिएनास्थित संयुक्त राष्ट्रसंघीय कार्यालयका लागि स्थायी नेपाली प्रतिनिधि पनि छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस