सुलेमानीको अन्त्येष्टीमा भागदौड मच्चिँदा कम्तीमा ३० जनाको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सुलेमानीको अन्त्येष्टीमा भागदौड मच्चिँदा कम्तीमा ३० जनाको मृत्यु


२२ पुस २०७६, मंगलबार


एजेन्सी । गत शुक्रबार इराकमा अमेरिकी ड्रोन हमलामा मारिएका इरानका सैन्य कमान्डर कासिम सुलेमानीको अन्त्यष्टिका क्रममा भागदौड मच्चिँदा कम्तिमा ३० जनाको मृत्यु भएको छ । बीबीसीमा प्रकाशित समाचारअनुसार ४० भन्दा बढी घाइते भएका छन् ।

भागदौडमा दर्जनौ व्यक्ति घाइते भएको जनाइएको छ । इरानको केर्मान शहरमा सुलेमानीको अन्त्येष्टी गर्ने क्रममा लाखौं सर्वसाधारणको सहभागिता रहेको थियो ।

अन्त्यष्टीमा सहभागी हुन देशभरबाट मानिसहरु ओइरिएका छन् । यसअघि अहवाज र तेहरानमा पनि उत्तिकै भिड जम्मा भएको थियो ।

अमेरिकाले कमाण्डर सुलेमानीको हत्या गरेपछि उसको चौतर्फी विरोध भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस