२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँचथरमा सुन्तला उत्पादन वृद्धि

अ+ अ-

मिक्लाजुङ । पाँचथरमा गत वर्षको तुलनामा यस वर्ष ३०० मेट्रिक टन बढी सुन्तला उत्पादन भएको छ । गत वर्ष सात हजार ३७५ मेट्रिक टन उत्पादन भएकोमा यस वर्ष ७ हजार ६७५ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले बताए । यस वर्ष सुन्तला उत्पादन हुने क्षेत्रफल बढेको छ ।

गत आर्थिक वर्षमा ९३१ हेक्टरमा भएको सुन्तला चालु आर्थिक वर्षमा ९४४ हेक्टर क्षेत्रफलमा विस्तार भएको छ । गत आवमा उत्पादनशील क्षेत्रफल ६६९ हेक्टर रहेकोमा यस आवमा ६९१ रहेको छ ।

जिल्लाको दक्षिणी भेग कुम्मायक गाउँपालिका–४ रानीगाउँका कृषकले लगाएको सुन्तला यतिखेर बारीमा लटरम्मै फलेपछि बगानमै सुन्तलाको मोलमोलाई गरेर ब्यापारीले सुन्तला किन्ने गरेका छन् । यहाँको सुन्तला तराईको विभिन्न बजारमा पुग्छ । यहाँका कृषकले सुन्तलासहित बारीमा अदुवा, कोदो, मकैलगायतका बालीबाट पनि राम्रो आम्दानी गर्दे आएका छन् ।

सुक्खाग्रस्त क्षेत्र भए पनि पारिलो ठाउँमा राम्रो उत्पादन हुने सुन्तला बिक्री गरेर रानीगाउँ साविक वडा नम्बर ६ र ८ का स्थानीयले आयआर्जन गरेका छन् । स्थानीय कृषकले वार्षिक प्रतिपरिवार रु दुई लाखदेखि चार लाखसम्म आम्दानी गर्दे आएका छन् । सुन्तला बिक्री गरेरै अहिले जीविकोपार्जन, घर खर्च चलाएका छन् भने छोराछोरी सुन्तला बिक्रीकै आम्दानीले पढाएका छन् ।

साविकको रानीगाउँ वडा नम्बर ६ र ८ मा सुन्तला बिक्री गरेर रु एक करोड बढी रकम भित्र्याउने गरेको सुन्तला कृषक सूर्यदीप सम्हाफे बताउछन् । उनी भन्छन्, ‘सुन्तलाको उर्वरभूमि यहाँ स्थानीय तह तथा कृषि ज्ञान केन्द्रले पकेट क्षेत्र बनाउने विषयमा कुनै पहल गरेको छैन, हामीलाई पकेट क्षेत्र बनाइदिए सुन्तलाखेतीतर्फ उत्साहित भएर लाग्ने थियौँ ।’

कुम्मायक गाउँपालिका–४, मिक्लाजुङ गाउँपालिकाको कुरम्बा, लिम्बा, दूरदिम्बा, तुम्वेवाको हाङगुम, फाल्गुनन्दको आङसराङ, याङवरकको थर्पु, नाँगी, फिदिम नगरपालिकाको रानीटार, माथिल्लो गाउँमा कृषकले व्यावसायिक सुन्तलाखेती गर्दे आएका छन् । यस वर्ष सुन्तला उत्पादन बढेको कृषक नरेन्द्र सम्हाफे बताउछन् । उनी भन्छन्, ‘सुन्तलाखेती हुने बारीमा सुन्तलाबाट राम्रो आम्दानी हुँदैछ, अझ सुन्तलाको साथमा हामीले अदुवा, कोदो, जौँ, फापर, खुर्सानीलगायतका बाली लगाएर झनै राम्रो आम्दानी गर्ने गरेका छौँ ।’

सुन्तला खेती गरेर कमाएको आम्दानीले अहिले सन्तानलाई काठमाडौँमा पढाउँदै आएको सुन्तला कृषक राजु खतिवडा बताउछन् । उनी भन्छन्, ‘हाम्रो मुख्य पेशा भनेकै सुन्तला हो, सुन्तला बिक्री गरेरै वार्षिक रु तीनदेखि चार लाख कमाइ हुन्छ, यसैबाट एउटा छोरालाई काठमाडौँ चार्टर एकाउन्टेन्ट र अर्को छोरालाई आइएस्सी एजी पढाउँदैछु ।’

पाँचथरका अधिकांश सुन्तला कृषकले सम्बन्धित निकाय स्थानीय पालिका तथा पालिकाअन्तर्गत कृषि शाखा, कृषि ज्ञान केन्द्रलगायतले सुन्तलाको पकेट क्षेत्रको कार्यक्रम ल्याएर प्रवर्द्धन गर्न तथा कृषकलाई उत्साहित हुने किसिमका कार्यक्रम ल्याउन नसकेको गुनासो गरो छन् ।

केन्द्रका प्रमुख विष्ट भन्छन्, ‘अब पाँचथरमा चाँडै पकेट क्षेत्र कार्यक्रम घोषणा गर्ने तयारीमा छौँ ।’ कृषकलाई प्रोत्साहित गर्दे सुन्तलाखेतीलाई प्रवर्द्धन गर्न पकेट क्षेत्रलगायत अन्य विविध कार्यक्रम ल्याउन सम्बन्धित निकायको पनि ध्यान पुग्न जरुरी रहेको किसान महासंघका केन्द्रीय सदस्य गणेश पोख्रेल बताउछन् ।

प्रतिक्रिया दिनुहोस