२ हजार घुससहित मालपोत कार्यालय साँखुका नायव सुब्बा पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

२ हजार घुससहित मालपोत कार्यालय साँखुका नायव सुब्बा पक्राउ


२२ पुस २०७६, मंगलबार


घुस

काठमाडौं । काठमाडौंको साँखुस्थित मालपोत कार्यालयमा कार्यरत नायव सुब्बा रामेश्वर कुइँकेल र लेखापढी ब्यवसायी श्रीराम सापकोटा घुस रकमसहित पक्राउ परेका छन् ।

लेखापढी ब्यवसायी सापकोटासँग दृष्टी बन्दकको लिखत पास गरे वापत २ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नायव सुब्बा कुइँकेलसहित सापकोटालाई नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिइएको टोलीले कुइँकेल र सापकोटालाई मालपोत कार्यालय साँखु परिसरबाट सोमबार नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस