२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘छोराछोरी पढाउन तरकारी खेती’

अ+ अ-

डोटी । बोगटान फुड्सिल गाउँपालिका वडा नं. ४ सात्फरी कोलाखान निवासी वर्ष ४५ का लक्ष्मण बहादुर बम फुर्सद हुने बित्तिकै करेसाबारीमा व्यस्त हुने गर्छन् । कोलाखानका पुराना व्यापारीको रूपमा चिनिएका बमले पछिल्लो समय तरकारी र फलफूल खेती सुरु गरेका हुन् ।

लामो समय देखि खुद्रा व्यापार गर्दै आएका बम तरकारी र फलफूल खेतीमा लागेपछि बढी सन्तुष्टि मिलेको बताउँछन् । बमले भने ‘मलाई व्यापार भन्दा पनि कृर्षि पेसाबाट बढी सन्तुष्टि मिलेको छ, आफैले लगाएको तरकारी,फलफूल फलेको देख्दा मनै फुरुङ्ग हुन्छ, बिहानको समयमा एक पटक बारी नपुगे सम्म चित्तै बुझ्दैनन् ।’

बमको बारीमा अहिले शत प्रतिशत अर्गानिक काउली, बन्दा, भेडे खुर्सानी, टमाटर, स्थानीय जातको खुर्सानी लटरम्म फलेका छन् । मौसम अनुसारको तरकारी फलाउने बमले भने ‘मैले यो बारीमा सुन्तला, मौसम, कागती, अनार लगायत घेरै प्रजातिका फलफूल पनि लगाएको छु । आफैले गरेको कामको प्रतिफल आउँदा ठुलो सन्तुष्टि प्राप्त हुँदो रहेछ ।’ जिल्ला सदरमुकाम देखी टाँढा रहेको कोलाखानमा उत्पादन भएको तरकारी आसपासका स्थानीय बजार तथा गाउँहरूमा बिक्री हुने गरेको समेत बमले बताए । मौसम अनुसारका फलफूल तथा तरकारी बारीको बेर्ना उत्पादन गरेर स्थानीय गाउँहरूमा बिक्री वितरण गर्ने गरेका छन् ।

कृर्षि काममा संलग्न हुँदा आम्दानीका साथ साथै स्वास्थ्य पनि सुध्रिएको बमले सुनाए । बमले भने ‘ मेरो स्वास्थ्य बिग्रँदै गएको हो की भन्ने चिन्ता मलाई लागेको थियो, पसलबाट फुर्सद हुने बित्तिकै बारीमा काम गर्दा एक प्रकारको शारीरिक ब्यायम पनि हुने हुँदा स्वास्थ्य पनि ठिक व्यस्त हुँदा सकारात्मक सोचको पनि विकास हुने ।’

कृर्षि पेसाबाट राम्रो आम्दानी लिन छोराछोरीलाई राम्रो शिक्षा दीक्षा दिन सकिन्छ की भन्नाको लागी कृर्षि पेसा सुरु गरेको बमले बताए । उनले भने ‘यहाँ धेरै युवाहरू बेकारमा हल्लिएको देख्छु, तिनीहरूलाई कृर्षि काम गर्दा केही प्रगति हुँदो रहेछ भन्ने परोस् र मेरो पनि खाली समयको सदुपयोग होस भनेर तरकारी खेती सुरु गरेको हुँ ।’

पहाडमा पाखो जमिन प्रशस्त मात्रामा भए पनि काम गर्नका लागी यस ठाउँका दाजुभाइहरू भारत मात्र जानु पर्छ भन्ने सोचेको देख्दा दुःख लाग्छ भन्दै उनले थपे ‘आफ्नै गाउँ ठाउँमा मेहनत गर्ने हो भने भारत भन्दा तेब्बर पैसा यही कमाउन सकिन्छ’ मैले धेरैलाई यहाँको सम्भावनाको कुरा सुनाए तर कसैले गरेनन् अब गरेको देखेपछि केही गर्छनकी भन्ने विश्वास छ ।’

बमका दुई छोरी र एक छोरा छन् उनीहरू काठमाडौँमा बसेर अध्ययन गर्छन् तरकारी र फलफूल खेती बाट हुने आम्दानीले छोराछोरीलाई काठमाडौँमा पढाउन सकिन्छ भन्ने कुरामा बम आशावादी छन् । हाल तरकारीबाट वार्षिक रूपमा दुई लाखसम्म आम्दानी हुने गरेको बमको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस