२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेनाको स्वास्थ्य शिविरमा २१ हजार नागरिक लाभान्वित

अ+ अ-

काठमाडौं । नेपाली सेनाले महोत्तरीको सोन्मा गाउँपालिकामा सञ्चालन भएको स्वास्थ्य शिविर हालसम्मकै वृहद् र सफल शिविरका रूपमा स्थापित भएको जिकिर गरेको छ ।

आधारभूत स्वास्थ्य सेवाको पहुँचकै समस्या देखिएको उक्त क्षेत्रमा सेनाले सञ्चालन गरेको साताव्यापी निःशुल्क शल्यक्रिया शिविरबाट २१ हजारभन्दा बढी नागरिक लाभान्वित भएका थिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाली सेनाद्वारा संयुक्तरूपमा सञ्चालित उक्त शिविरमार्फत जुकाको औषधि वितरणदेखि ५ किलोसम्मको ट्युमर शल्यक्रिया गरी निकालिएको थियो । एक सय ८० जनाको विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोलीले उक्त शिविरमा साना ठूला गरी ३२९ वटा सफलतापूर्वक शल्यक्रिया गरेको थियो ।

गत मङ्सिर २७ देखि पुस ५ गतेसम्म सञ्चालित उक्त शिविरबाट लामो समयदेखि आन्द्रामा प्वाल परेका, जटिल गर्भावस्थामा रहेका, हर्निया भएका र ट्युुमरका बिरामीले लाभ लिएको शिविर संयोजक सहायकरथी डा.देवेन्द्रबहादुर खत्रीले जानकारी दिए । सेनाले त्यस क्षेत्रका डोम र मुसहर समुदायमा जुकाको औषधि वितरण गर्नुका साथै वस्तीमा लामखुट्टे निरोधक औषधि छिटेको थियो ।

उक्त शिविरमा उपचार गर्न आउने कतिपय बालक बिरामीमा जन्मजात मुटुु प्वाल परेको तथा कुपोषणको समस्या भेटिएको थियो । उक्त क्षेत्रका बिरामीमा महिलामा पाठेघर खस्ने समस्या देखिएको थियो भने पुरुष धेरैमा दम, पित्तथैलीको पत्थरी र हर्निया भेटिएको उनले बताए ।

स्वास्थ्य मन्त्रालयका सहसचिव डा.विकास देवकोटाले भौगोलिक हिसाबले सुगम देखिए पनि शिक्षा र स्वास्थ्यलगायतका कारणले पछि रहेको प्रदेश नं २ का जिल्लामा स्वास्थ्यमा नागरिकको पहुँच विस्तार गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको बताए । उक्त शिविरमा सिन्धुली, धनुषा, महोत्तरी र सर्लाहीका जनता ठूलो सङ्ख्यामा उपचारका लागि पुगेका थिए । पुरुषको तुलनामा उपचार गर्न आउने महिलाको सङ्ख्या बढी रहेको थियो ।

महोत्तरीका शिविरबाट नागरिक–सैनिक सम्बन्ध विस्तारमा ठूलो योगदान पुुगेको ठहर गर्दै उत्साहित भएको सेनाले निकट भविष्यमै नेपालगञ्जक्षेत्रमा पनि यस्तै बृहद् स्वास्थ्य शिविर सञ्चालन गर्ने सोच बनाएको सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । स्वास्थ्यमा जनताको पहुँच कम भएको क्षेत्रमा मुलुकका अन्य क्षेत्रमा पनि सेनाले शिविर सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस