निरालाको नाम न्याय परिषद सदस्यमा अनुमोदन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

निरालाको नाम न्याय परिषद सदस्यमा अनुमोदन


२० पुस २०७६, आइतबार


काठमाडौं । संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्यका लागि सिफारिस भएका लक्ष्मीबहादुर निरालालाई सर्वसम्मत अनुमोदन गरेको छ ।

समितिले आज निरालाको संसदीय सुनुवाइ गरी सर्वसम्मतिले अनुमोदन गरेको हो । समितिका सभापति लक्ष्मणलाल कर्णले क्षमता र अनुभवका आधारमा योग्य देखिएको हुँदा निराला सर्वसम्मतिले अनुमोदन भएको जानकारी दिए ।

समितिले आज उनीविरुद्ध परेका उजुरीको सुनुवाइ गर्ने तय गरेको थियो तर उनीविरुद्ध कुनै पनि उजुरी नपरेपछि आजै सुनुवाइ भएको हो ।

निरालाविरुद्ध उजुरी दिनका लागि समितिले १० दिनको म्याद दिएको थियो । यही पुस ३ गते मन्त्रिपरिषद्को बैठकले उनीलाई परिषद् सदस्यका लागि सिफारिस गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस